Madhes Khabar
स्थानिय

वीरगन्जको विधुत प्राधिकरणमा कर्मचारीहरुबिच कुटाकुट

वीरगन्ज,२कार्तिक: नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रमा कर्मचारीहरूबिच कुटाकुट भएको छ ।

वितरण केन्द्रका हेल्पर प्रेमदास तत्वा र स्टोर इन्चार्ज रामसुन्दर दासबीच थप्पड हानाहान भएको हो ।हेल्पर तत्वाले निजी गाडीमा कार्यालयको भ-याङ लिएर जान खोज्दा उनको गेट रोक्का गरिएको थियो । निजी कामको लागि सरकारी भ-याङ लिएर गइरहेकोले रोक्न खोज्दा विवाद भएको कर्मचारीहरूले बताएका छन् ।

स्टोर इन्चार्ज दासलाई हेल्पर तत्वाले चप्पलसमेत प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।

वितरण केन्द्रको परिसरमा उत्पन्न भएको विवाद साम्य गर्न केन्द्र प्रमुख अवधेशकुमार दुवेको कार्यकक्षमा दुवै पक्षलाई बोलाइ छलफल भइरहेका बेला सहायक इन्जिनीयर चन्द्रिका सिंहले तत्वाको कठालो समाएर घाँटी थिचेको समेत प्रत्यक्षदर्शीहरूले बताए ।

कर्मचारीहरूको कुटाकुटको विवाद र कार्यालय प्रमुखको कार्यकक्षमै पुनः कुटाकुट हुन थालेपछि करीब एक घण्टा कार्यालयको काम प्रभावित भएको थियो ।

केन्द्र प्रमुख दुबेले सामान्य विवादमा दुवैबीच झगडा भएको स्वीकारे । साथै उनले दुवै पक्षलाई बसाएर छलफलको माध्यमबाट मिलापत्रसमेत गराइसकेको जानकारी गराए ।

Related posts

वीरगन्जमा कर्फु हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी

MadhesKhabar

पर्साकाे पाेखरियामा मालपाेत तथा नापी कार्यालय स्थापना गर्ने सरकारकाे निर्णय

MadhesKhabar

पत्रकार महासंघ पर्सामा प्रेस युनियनको धर्ना

MadhesKhabar

Leave a Comment