Madhes Khabar
स्थानिय

पत्रकार महासंघ पर्सामा प्रेस युनियनको धर्ना

वीरगन्ज,१७असारःनेपाल पत्रकार महासंघको सदस्यता नामावलीको विरोधमा देशैभर आन्दोलनरत नेपाल प्रेस युनियनले पर्सामापनि धर्ना दिएको छ ।

प्रेस युनिनयन पर्साले सोमबार वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालय अगाडि धर्ना दिएको हो । प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोको नेतृत्वमा युनियनमा आबद्ध पत्रकारहरुले पत्रकार महासंघको कार्यालय अगाडि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म धर्ना दिएका हुन् । प्रेस युनियनको केन्द्रिय कार्य समितिको निर्देशन अनुसार पर्सामापनि दुई घण्टा धर्ना दिइएको प्रेस युनियन पर्साका अध्यक्ष महतोले बताए ।

पत्रकार महासंघको केन्द्रिय नेततृत्वले कुनै संगठन विशेषलाई महासंघको निर्वाचनमा लाभ हुने गरी महासंघको विधान मिचेर सदस्यता नामावली जारी गरेपछि देशैभर युनियनले विरोध जनाउँदै आन्दोलन गरिरहेको अध्यक्ष महतोले बताए ।

महासंघको विधान र प्रकृया पालना गरेर सबै संगठनको सर्वसम्म्तिमा सदस्यता नामावली प्रकाशन नगरिएसम्म युनिनयनको आन्दोलन जारी नै रहने उनले बताए । सदस्यता विवाद सुल्झिएसम्म प्रेस युनियनले महासंघको निर्वाचन पप्रकृया अगाडि बढाउनै नै नदिने चेतावनी पनि अध्यक्ष महतोले दिए ।

धर्ना कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्यद्वय निलिमा पौडडेल र श्रीराम रायमाझी,जिल्ला उपाध्यक्षद्वय क्रान्ति शाह र अली असगर देवान, सचिव इरफान अली,उदय दास थारु, हुकुम सिंह, श्रवण साह,नूर आलम,राहुल गुप्ता,एसएम जहाँगस्त लगायतको सहभागीता रहेको थियोे । यसअघि गत शनिबार प्रेस युनियन पर्साले पत्रकार महासंघ पर्सा शाखामा तालाबन्दीपनि गरेको थियो ।

Related posts

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएपछि वीरगन्जको आईसिपी चोक तनावग्रस्त, पत्रकारमाथि दुर्व्यवहार

MadhesKhabar

वीरगन्जमा शान्ति र सद्भाव कायम राख्न वीरगन्ज उद्योग वाणिज्य संघको अपिल

MadhesKhabar

वर्षौदेखि रोकिएका योजना तत्काल अगाडि बढाउन मेयर सिंहको निर्देशन

MadhesKhabar

Leave a Comment