Madhes Khabar
स्थानिय

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएपछि वीरगन्जको आईसिपी चोक तनावग्रस्त, पत्रकारमाथि दुर्व्यवहार

वीरगन्ज,२७ भदौं : वीरगन्ज–१७ अलौंस्थित एकिकृत भन्सार जाँच चौकी )आइसीपी) चोकमा बिहीबार अपरान्ह ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

आईसीपी चोकमा बिहीबार अपरान्ह ३.३० बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करबाट ना २९ प ६९५१ मोटरसाइकल चालक वीरगन्ज–१७ अलौंका २२ वर्षिय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएका छन् । उनको बाराको नौतनस्थित एएलएस न्यूरो अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । उनका अनुसार, ठक्कर दिने ट्यांकर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

यसैबिच ट्याक्टरका चालकले जानाजान मोटरसाइकलमा ठक्कर दिएको भन्दै आक्रोशीत स्थानीयबासीले अलौं चोकमा टायर बालेर सडक अवरुद्ध गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप पनि भएको छ ।सडकमा टायर बालेर सडक अवरुद्ध गरेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्दा झडप भएको हो ।झडपमा प्रहरीको लाठी चार्जबाट अलौंका स्थानीय मोहित साह घाइते भएका छन् ।

त्यसको समचार संकलन गर्न गएका प्लस वान टेलिभिजनका सञ्चारकर्मीद्वय आशिक अन्सारी र सन्तोष पटेलसंग प्रहरीले दुव्र्यवहारपनि गरेको छ ।घटनास्थल र प्रदर्शनको भिडियो खिच्दै रिपोर्टीङ गरिरहेका प्रहरीले आँफुहरुमाथि हातपात गर्दै क्यामेरा खोस्ने प्रयासपनि गरेको अन्सारीले बताए । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक श्याम कुमार बस्नेत आँँफैले क्यामेरा खोस्ने प्रयास गरेर दुव्र्यवहार गरेको अन्सारीको आरोप छ ।

दुव्र्यवहार

Related posts

सरिसवाकाे बाढी राति अचानक वीरगन्ज-१० का वस्तीहरुमा पसेपछि वडाध्यक्ष कानुले भेटे प्रभावितहरुलाई(फाेटाे फिचर)

MadhesKhabar

तस्करी गरि ल्याइएको ४२ सय भारतीय चल्ला वीरगन्जको जगरनाथपुरबाट बरामद

MadhesKhabar

विपदका बेला वीरगन्जमा अराजक गतिविधी : खानेपानी संस्थानलाई बदनाम गराउन पानीको कृत्रिम अभाव

MadhesKhabar

Leave a Comment