Madhes Khabar
स्थानिय

कलैयामा बेवारिसे अवस्थामा एक युवकको शव भेटियो

बारा, ३०साउन : बाराको कलैयामा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ४ स्थित जानकी सिनेमा हल अगाडि अन्दाजी ३०÷३५ वर्षको युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सवा ६ बजेतिर सिनेमा हल अगाडि मधेसी मुलको जस्तो देखिने र लामो दारी पालेका अपरिचित युवकको शव बेवारिसे अवस्थामा भेटिएको हो ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

वीरगन्जका उद्योगी जाटिया पक्राउ

MadhesKhabar

वीरगन्जमा नवनिर्मित सडककाे सांसद यादव र मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

वीरगन्जका भित्री टोल र गल्लीका सडक–नालाहरु पनि पूर्ण सफा बनाउछु : मेयर सिंह

MadhesKhabar

Leave a Comment