Madhes Khabar
समाचार स्थानिय

वीरगन्जका उद्योगी जाटिया पक्राउ

वीरगन्ज, ११ कात्तिक :वीरगंजका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।पर्सा जिल्ला अदालतको आदेशमा प्रहरीले जाटियालाई आइतबार दिउँसो वीरगन्जको लिंकरोडस्थित गरिमा विकास बैंकको माथि रहेको युनिक फर्मास्युटिकल्सको कार्यालयबाट पक्राउ गरेको हो ।

जाटियाको  मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी, युनिक फर्मास्युटिकल्स लगायतका उद्योगमा लगानी रहेको छ ।जाटियालाई पर्सा जिल्ला अदालतको आदेशमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । जाटियलाई आइतबार नै पर्सा जिल्ला अदालतमा पेशसमेत गरिएको उनले बताए ।

वीरगन्ज–२ छपकैयास्थित श्रीराम कोलोनीमा माटो पुरेबापत ठेकेदार कम्पनी सत्यम सप्लायर्सलाई जाटियाले पाँच लाख रुपैयाँ भुक्तानी नदिएको कारण ठेकेदार कम्पनी अदालत गएको थियो । ठेकेदार कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीता कुमारी वादी रहेको उक्त मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख २ गते गरेको फैसला अनुसार बिगो भराउन आदेश गरेको तर जाटियाले बिगो नभरेपछि २०८१ कात्तिक २ मा अदालतले फेरि अर्को फैसला गरेको थियो ।

उक्त फैसलामा ६ महीना कैदमा राखेर बिगो असूल गर्ने आदेश गरिएको उल्लेख छ । त्यहि आदेशको कार्यान्वयनका लागि प्रहरीले आइतबार जाटियालाई नियन्त्रणमा लिएर अदालतमा पेश गरेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

Related posts

माइस्थान मन्दिर अगाडी गाडी पार्किङ गर्ने कर्मचारीहरु विरुद्ध कारबाही प्रकृया शुरु

MadhesKhabar

गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु तीन दिनका लागि बन्द

MadhesKhabar

नेपालमा भित्रियो मनसुन

MadhesKhabar

Leave a Comment