प्रमोद यादव
वीरगन्ज, २५ साउनः पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ मोरटोलमा पर्ने भलुवाहीबाट अवैध रूपमा ढुङ्गा, गिटी तथा बालुवा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले तीन वटा ट्याक्टर र तीन जना चालकलाई नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी टोलीले ना ४ त ९१२८ , ना ६ त २५५१ र म.प्र.००३–००१त ८१५८ नम्बरका ट्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
भलुवाही खोलाबाट प्राकृतिक सम्पदाको हानि–नोक्सानी हुने गरी अवैध रूपमा गिट्टी–बालुवा चोरी–तस्करी भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्याक्टर र चालकहरूलाई हाल ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको नियन्त्रणमा राखिएको छ। उनीहरूलाई थप आवश्यक कारबाहीका लागि पटेर्वा सुगौली गाउँपालिकाको राजस्व शाखामा बुझाइने प्रहरीले जानकारी दिएको छ।

