Madhes Khabar
स्थानिय

वीरगन्जका भित्री टोल र गल्लीका सडक–नालाहरु पनि पूर्ण सफा बनाउछु : मेयर सिंह

वीरगन्ज, १७ जेष्ठ : वीरगन्जमा महानगरस्तरीय सरसफाई सम्बन्धी सीपमुलक तालिम तथा गोष्ठी सुरु भएको छ ।महानगरपालिकाको सहयोगमा नेशनल इम्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रा.ली.ले बुधबारदेखि आठ दिने तालिमको आयोजना गरेको हो ।

तालिमको उद्घाटन गर्दै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले सरसफाई सम्बन्धी सचेतना फैलाउनुका साथै फोहोरको उचित व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने किसिमका सीप सिकाउने अभिप्रायका साथ तालिमको आयोजना गरिएको बताए।

वीरगन्ज महानगरलाई सफा र सुन्दर शहर बनाउने महानगरको अभियानलाई सफल बनाउनका लागि फोहोरको सही व्यवस्थापन गर्न सबै सचेत हुनुपर्ने आवश्यक्ता उनले औँल्याए । सरसफाईको क्षेत्रमा परिवर्तन भएपनि पर्याप्त नभएको बताउँदै महानगरले प्राथमिकताका साथ काम गरीरहेको पनि उनले जानकारी गराए ।

अहिलेसम्म भएको कामले आफू सन्तुष्ट नभएको बताउँदै उनले मेनरोड मात्र नभइ भित्री गल्ली र टोलका सडक एंव नालाहरुलाई आफ्नै कार्यकालमा पूर्ण रुपमा सफा बनाउने दाबी गरे । तालिमले फोहोरबाट मोहर बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष अजय कुमार बरैले सफा र सुन्दर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरे । सबै वडाअध्यक्षहरु सक्रिय भएर आआफ्नो वडालाई सफा बनाएमा महानगर आफै सफा बन्ने बरैको विश्वास छ ।

तालिममा सहभागीहरुलाई नरेश जैसवालले प्रशिक्षण दिइरहेका छन् । तालिमको उद्घाटनमा सहजीकरण आयोजक संस्थाका कार्यक्रम संयोजक सन्दीप तिवारीले गरेका थिए ।

Related posts

वीरगन्ज महानगरमा जसपाका उम्मेदवार विरुद्ध एमालेको उजुरी

MadhesKhabar

पर्साकाे हरपुरमा भैंसीसंग माेटरसाइकल ठाेक्किदा चालककाे मृत्युु

MadhesKhabar

स्थानीयको विरोधका कारण भलुवाही खोलामा बाँध निर्माण कार्य अलपत्र

MadhesKhabar

Leave a Comment