Madhes Khabar
स्थानिय

पर्सामा तीन जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान

वीरगन्ज,२२पुष:जिल्ला प्रशासन कार्यालय पर्साले तीन जनालाई गैर आवासीय नेपाली नागरिकता प्रदान गरेको छ।जिल्ला प्रशासन कार्यालय पर्साले पहिलो पटक तीन जनालाई गैर आवासीय नेपाली नागरिकताको प्रमाण पत्र जारी गरिएको जानकारी दिएको छ।

आइतबार पर्साको पर्साकाे वीरगन्ज महानगरपालिका वडा नम्बर २३ घर भई हाल अष्ट्रेलिया बस्ने किरण प्रधान,वीरगन्ज महानगरपालिका वडा नम्बर ११ घर भई हाल अष्ट्रेलिया बस्ने शमीम अनवर र वीरगन्ज महानगरपालिका वडा नम्बर ९ घर भई हाल अमेरिका बस्ने सुमन कानु गरी ३ जनालाई गैर आवासीय नागरिकता प्रदान गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले जानकारी दिए।

हालसम्म तीन वटा निबेदन गैरआवासीय नेपाली नागरिकताको लागि परेकोमा तीनैजनालाई नागरिकता प्रदान गरिएको उनले बताए।तीनै जनालाई पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गैरआवासीय नेपाली नागरिकताकाे प्रमाण पत्र प्रदान गरेका हुन्।साभार:देशसञ्चारबाट

Related posts

भीडभाडमा गहना लुट्ने गिरोह वीरगन्जमा पक्राउ, ३७ लाखको सुनचाँदीका गरगहनापनि बरामद

MadhesKhabar

पटेर्वा सुगाैलीकाे विशेष गाँउसभा : याेजनाहरु संशाेधन,ऐन-कानुन पारित

MadhesKhabar

एक महिनामा पर्सा प्रहरीको प्रगती : ६ करोड बढीको तस्करीका सामान बरामद

MadhesKhabar

Leave a Comment