Madhes Khabar
स्थानिय

पटेर्वा सुगाैलीकाे विशेष गाँउसभा : याेजनाहरु संशाेधन,ऐन-कानुन पारित

वीरगन्ज,२५चैत:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिकाकाे १४ ओैं विशेष गाँउसभा साेमबार सम्पन्न भएको छ।गाँउपालिका कार्यालयकाे सभाहलमा सम्पन्न १४ ओैं गाउँसभाकाे विशेष अधिवेशनले चालु आर्थिक वर्षकाे नीति,कार्यक्रम तथा बजेटलसंशाेधनसहित अनुमाेदन गरेकाे छ।

संघीय सरकारबाट प्राप्त हुने अनुदान बजेटमा कटाैती गरिएका कारण चालु आर्थिक वर्षकाे नीति,कार्यक्रम तथा बजेटमा रहेका केहि याेजनाहरु कटाैती गरिएको,विभिन्न ऐन,कानुन र कार्यविधिहरु संशाेधनसहित पारित गरिएको गाँउपालिका उपाध्यक्ष ममता महत्ताे थारुले जानकारी दिइन्।

गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष ममता महत्ताे,प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता,वडाध्यक्ष,कार्यपालिका सदस्य,कर्मचारी लगायतकाकाे सहभागिता थियाे।

Related posts

वीरगन्जको विकासमा महानगरलाई साथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्वसंग मेयर सिंहको आग्रह

MadhesKhabar

वीरगन्जमा स्कूल बसको ठक्करबाट बाराका साइकल यात्रीको मृत्यु

MadhesKhabar

पर्सा जिल्लाका पालिकाहरुमा भइरहेका भ्रष्टचारहरुको पर्दाफास गर्ने जेनजी युथ फोर्सको निर्णय

MadhesKhabar

Leave a Comment