Madhes Khabar
शिक्षा

वीरगंजका सबै विधालयहरु तीन दिनका लागि बन्द गर्ने निर्णय


मधेशखबर
वीरगंज , २८ २०७९ तराई–मधेशमा बढ्दै गएको अत्याधिक गर्मीका कारण वीरगञ्जका सबै विद्यालयहरु ३ दिनका लागि बन्द गर्ने निर्णय गरीएको छ ।

वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाले मंगलबार एउटा सूचना जारी गर्दै बुधबारदेखि शुक्रबारसम्म महानगरका सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरीएको जनाएको हो ।

पछिल्लो केहि दिनदेखि गर्मी अध्याधिक बढेको कारण बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै वीरगञ्जका मेयर राजेशमान सिंहको निर्देशनमा असार २९ गतेदेखि असार ३१ गतेसम्म महानगरभित्र सञ्चालित सबै विद्यालयहरु बन्द रहने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

Related posts

बालबालिकालाई शिक्षामा प्रोत्सहित गर्न वीरगन्ज–१० का वडाध्यक्ष कानुको पहलमा पोशाक वितरण

MadhesKhabar

पार्टीको सदस्यता लिएका शिक्षकहरुलाई कारबाहीको प्रकृया सुरु

MadhesKhabar

मनोज ग्यास प्रालिद्वारा वीरगन्जको सरकारी विद्यालयमा आर्थिक सहयोग

MadhesKhabar

Leave a Comment