Madhes Khabar
शिक्षा

मनोज ग्यास प्रालिद्वारा वीरगन्जको सरकारी विद्यालयमा आर्थिक सहयोग

वीरगन्ज,२०बैशाखः मनोज ग्याँस उद्योग प्रालीले वीरगन्जको एक सामुदायिक विद्यालयमा निजी श्रोतमा कार्यरत एक शिक्षिकाको एक वर्ष बराबरको पारिश्रमिक उपलब्ध गराएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ सुखचैनास्थित नेपाल गीता गजेन्द्रराज जोशी माविमा निजी श्रोतमा कार्यरत शिक्षिका उमावती देवीको एक वर्षको पारिश्रमिक मनोज ग्याँस िप्रालिले उपलब्ध गराएको हो ।

मनोज ग्यास उद्योग प्रालीका प्रबन्ध निर्देशक मनोज दासले विद्यालयलाई आर्थिक सहयोग गरेका हुन् ।वडाध्यक्ष राधाकृष्ण रौनियार र प्रबन्ध निर्देशक दासले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार लाललाई १ लाख ४४ हजार रुपैयाँँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सहयोग गरेको उद्योगी दासले बताए ।

वडाध्यक्ष रौनियारले उद्योगी व्यवसायीले सामाजिक कार्यमा गरेको सहयोगकोसह्राना गरे ।साथै उनले आगामी दिनमा पनि सामाजिक कार्यमा सहकार्य गर्दै समाज रुपान्तरणका लागि काम गर्नुपर्नेमा जोड दिए ।

यसअघिपनि मनोज ग्यास उद्योग प्रालीले एक जना शिक्षकको सहयोगकै लागि एक १ लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएको थियो । विद्यालयमा शैक्षिक जनशक्ति अभाव हुने र पठनपाठनका लागि निजी श्रोतबाट जनशक्तिको व्यवस्थापन गर्नुपर्ने भएकाले सहयोगको खाँचो परेको वडाध्यक्ष रौनियारले बताए ।

Related posts

पर्साका शिक्षकहरु आन्दोलित, वीरगन्ज महानगरमा धर्ना

MadhesKhabar

गुरु पूर्णिमाको अवसरमा वीरगन्जको शारदा माविका छात्राहरुलाई कपडा वितरण

MadhesKhabar

पटेर्वासुगौलीका सबै सरकारी विद्यालयमा आवश्यक सेवासुविधा उपलब्ध गराउन नेविसंघको माग

MadhesKhabar

Leave a Comment