Madhes Khabar
शिक्षा हेडलाइन

हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं,१२असोजःअविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत–जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा शनिबार अपरान्ह कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले हाल जारी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिए । ’हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको छ,’ गुरुङले भने ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन–कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।साभार : ईकान्तिपुर

Related posts

हनुमान जयन्तिको शोभा यात्रमा ‘जय श्रीराम ’को नाराले गुन्जयमान बन्यो वीरगन्ज शहर (फोटो फिचर)

MadhesKhabar

पर्साकाे गाँउघरमा काम गर्ने महिला श्रमिकले ज्यालामा विभेद भएपछि स्थानीय सरकारलाई गुहारे

MadhesKhabar

७ महिनामै वीरगन्ज भन्सार नाका हुदैं भित्रियो करिब १५ अर्बको खाद्यान्न

MadhesKhabar

Leave a Comment