Madhes Khabar
शिक्षा हेडलाइन

हाल जारी सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं,१२असोजःअविरल वर्षाका कारण बाढी, डुबान र पहिरोका कारण विद्यार्थीको आवत–जावत प्रभावित भएकाले हाल जारी सबै परीक्षाहरू स्थगित गर्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा शनिबार अपरान्ह कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले हाल जारी सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले परीक्षा स्थगित गर्ने निर्णय लिएको जानकारी दिए । ’हाल भइरहेका परीक्षा स्थगित गर्ने निर्णय भएको छ,’ गुरुङले भने ।

विद्यालय भवन डुबानमा परेको, सडक अवरुद्ध भएको लगायतका रिपोर्ट आएपछि सरकारले परीक्षा स्थगित गर्ने निर्णय लिएको हो । कुन–कुन परीक्षा संचालनमा थिए र स्थगित गरिएको भन्ने सूचना शिक्षा मन्त्रालयले जारी गर्ने बताइएको छ ।साभार : ईकान्तिपुर

Related posts

बाराको कोल्हबीमा बन्दै जिल्लाकै नमूना एंव सुविधासम्पन्न हाटबजार

MadhesKhabar

जीतपुरसिमरा उपमहानगरकाे फाेहाेर व्यवस्थापनका लागि वीरगन्ज महानगरसंग सम्झौता

MadhesKhabar

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा हातहतियार बुझाउन आग्रह

MadhesKhabar

Leave a Comment