वीरगन्ज,१०चैतः जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादवले विद्यालयहरुले संख्या भन्दा गुणस्तरमा ध्यान दिनु पर्ने बताएका छन् ।वीरगन्जस्थित चिल्ड्रेन वल्र्ड माविको बार्षिक उत्सव समारोह कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् ।कार्यक्रममा विद्यार्थीहरुले बार्षिक उत्सवको अवसरमा प्रदर्शन गरेको क्रियाकलापबाट आफु हर्षित भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले यसबाट अभिभावकहरु समेत खुशी भएको जिकिर गरे ।
कार्यक्रममा सामुदायिक र नीजी विद्यालयको बिषयमा आफ्नो धारण राख्दै पूर्वमन्त्री यादवले समुदायिक बिद्यलायलाई सुधार गर्दै जानु पर्नेमा जोड दिए । उनले शिक्षकहरुले राजनितिक छोडनु पर्ने बताउँदै शिक्षकहरुले पार्टीको झण्ड बोक्ने कामपनि बन्द गर्नु पर्ने बताए ।अहिले पनि सामुदायिक विद्यालयका बिधार्थीहरु बोरामा वसेर पढी रहेको बताउदै पूर्वमन्त्री यादवले निजी बिद्यालय तथा समुदायिक बिद्यालयका बिधार्थीहरुले एक समान रुपमा शिक्षा पाउनु पर्ने धारणा राखे ।
बिद्यालयले आयोजना गरेको बार्षिक उत्सव समारोहमा बिधार्थी, शिक्षिक,शिक्षिका एवं अभिभावकहरुहरुकोपनि सहभागीता रहेको थियो ।

