Madhes Khabar
शिक्षा

किशोरी शिक्षा प्रभावकारी बनाउन निचुटामा अन्तरकृया कार्यक्रम सम्पन्न

प्रमोद यादव
पर्सा, ०५ असोज : पर्साको पटेर्वासुगौली गाउँपालिकामा बुधबार किशोरी शिक्षा कार्यक्रम प्रभावकारी बनाउनका लागि एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

पटेर्वासुगौली गाउँपालिका ५ निचुटा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाकक्षमा समाजिक संस्था जिल्ला समन्वय समिति पर्साले आयोजना गरेको कार्यक्रममा सखुवाप्रसौनी,पटेर्वासुगौली र जिराभवनी गाउँपालिकाका गरि २८ जना प्रधानाध्यापकहरुको सहभागिता थियो ।

विद्यालय बाहिर रहेको किशोरीहरुलाई ९ महिना किशोरी शिक्षा केन्द्रबाट पढाएर विद्यालय भर्ना गराइएको र उनीहरु नियमित विद्यालय नआउने गरेको बारेमा नियमित अनुगमन गर्ने गरिएको बारेमा कार्यक्रममा गराइएको थियो ।

यस्तै कतिपय बालबालिका विद्यालय बिचमै छाड्ने गगरेकाले उनिहरुलाइ शिक्षाबाट बन्चित हुन नदिन र सबैलाई विद्यालयको पहुँच सम्म राख्न समुदाय ,विद्यालय, प्रधानाध्यापक र सम्बन्धित पालिकाले प्रमुख भुमिका रहेकाले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नु पर्ने शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय पर्साका शिक्षा अधिकारी फत्ते बहादुर श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा पटेर्वासुगौली गाउँ पालिकाकाका शिक्षा शाखा प्रमुख शम्भु साह, जिराभवानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जितेन्द्र मिश्रा, एनजीओसिसि पर्साका कोषाध्यक्ष विनोद यादवको पनि सहभागीता थियो ।

Related posts

पर्साका माओवादी नेताहरुद्वारा शिक्षा मन्त्रिलाई विधालय समस्याबारे ध्यानाकर्षण

MadhesKhabar

पर्सागढीको विद्यालयमा गरिएको शिक्षक नियुक्ती विवादीत,वडाध्यक्ष तामाङ पुगे अदालत

MadhesKhabar

महागढीमाई नगरपालिकाका शिक्षकहरुले तलब नपाएपछि दिए आन्दोलनको चेतावनी

MadhesKhabar

Leave a Comment