Madhes Khabar
शिक्षा

पर्साका माओवादी नेताहरुद्वारा शिक्षा मन्त्रिलाई विधालय समस्याबारे ध्यानाकर्षण


मधेसखबर
वीरगञ्ज, भाद्र १३ गते । नेकपा माओवादी केन्द्र पर्साका नेताहरुको एक टोलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसंग भेटघाट गरेको छ । माओवादी केन्द्रकी नेतृ एवम् राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल नेतृत्वको टोलीले मन्त्री पौडेलसंग भेटघाट गरेको हो ।

भेटघाटको क्रममा टोलीले पर्साको धोबिनी गाउँपालिकाको वडा नं. ५ मा रहेको श्री अजिज मियाँ माध्यमिक विद्यालय धोबिनीको समस्या समाधानको लागि आग्रह गरेको नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य सलाउदिन अहमदले वताए ।

सो विद्यालयको भौतिक संरचना र शिक्षक दरबन्दी अभाव भएपनि शैक्षिक गुणस्तर राम्रो भएकोले विद्यार्थीहरुको चाप थेग्न नसक्ने अवस्था रहेको छ । एक हजार ५ सय विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयमा भवन र शिक्षक अभाव परिपुर्ति गर्नको लागि लिखित रुप मै माग गरिएको प्रदेश सदस्य अहमदले जानकारी दिए ।

टोलीमा नेकपा माओवादीका केन्द्रिय सदस्य बिरेन्द्र प्रसाद यादव, प्रदेश समिति सदस्य सलाउदिन अहमद, कृष्ण मोहन प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक जितेन्द्र राम लगायतको पनि सहभागिता रहेको थियो ।

टोलीले शिक्षा मन्त्री पौडेलको साथै राज्य मन्त्री वोध माया कुमारी यादवसंग भेट गरी विद्यालयको अवस्थाको बारेमा बृहत छलफल गर्नुको साथै विद्यालयलाई आवश्यक शिक्षक दरबन्दी र भौतिक संरचना निर्माण गरिदिन आग्रह गरेको अहमदले बताए ।

भेटको क्रममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बारेमा समेत जानकारी गराइएको विद्यालयका प्रधानाध्यापक जितेन्द्र रामले वताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पनि सक्दो सहयोग गर्ने तथा विद्यालय अवलोकन गर्नको लागि समेत इच्छा जाहिर गर्नु भएको उनले जानकारी गराए ।

Related posts

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

MadhesKhabar

पोखरियामा पनि शिक्षकहरुले जलाए शिक्षा विधेयक

MadhesKhabar

लायन्स क्लबले बाराका १०० विद्यार्थीलाई दियाे वर्षभरि पुग्ने शैक्षिक सामग्री

MadhesKhabar

Leave a Comment