Madhes Khabar
शिक्षा

महागढीमाई नगरपालिकाका शिक्षकहरुले तलब नपाएपछि दिए आन्दोलनको चेतावनी

मधेसखबर
वीरगन्ज,१९बैशाख :बाराको महागढीमाई नगरपालिकाका सामुदायिक विधालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले विगत ३ महिना यतादेखिको तलबभत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।मंगलबार बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदै उनिहरुले अबको सात दिनभित्र आफुहरुको तलबभत्ता निकासा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।

नेपाल शिक्षक संघ नगर कार्यसमितिका अध्यक्ष रामबाबु प्रसाद यादव र सचिव जितेन्द्र प्रसाद साहको नेतृत्वमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर शिक्षक शिक्षिकाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।गत माघदेखि यताको तलबभत्ता र गत शैक्षिक सत्रको पोशाक भत्ता अहिले सम्म पनि नपाएकाले नगरपालिका मातहतका सम्पूर्ण सामुदायिक विधालयका शिक्षक शिक्षिकाहरु मारमा परेको गुनासो शिक्षक संघका नगर अध्यक्ष यादवले बताए ।

मंगलबार प्रजिअलाई बुझाइएको ज्ञापनपत्र मार्फत आफुहरुले तीन महिना यताको तलबभत्ता , गत शैक्षिकसत्रको पोशाक भत्ता , चालु शेक्षिक सत्रको पाठ्यपुस्तक , छात्रवृति र दिवा खाजाको रकम ७ दिनभित्र नगरपालिकाको कार्यालयबाट निकासा हुनु पर्ने उनिहरुको माग छ ।यदि ७ दिनभित्र आफुहरुको माग सम्बोधन नगरिए बैशाख २६ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने संघका अध्यक्ष यादवद्वारा हस्ताक्षरित ज्ञापनत्रपमा उल्लेख छ ।

चरणबद्ध आन्दोलन अन्तर्गत बैशाख २६ गते शिक्षक शिक्षिकाहरुले हातमा कालो पट्टी बाँधेर कक्षामा पढाउने , बैशाख २७ गते १ घण्टा कलम बन्द गर्ने , बैशाख २८ र २९ गते नगरपालिकाको कार्यालयमा १÷१ घण्टा धर्ना दिने र बैशाख ३० गतेदेखि विधालय बन्द गरि नगरपालिकाको कार्यालयमा रिले अनशन सुरु गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष यादवले बताए ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले यस बारेमा नगरपालिकाका जनप्रतिनिधीसंग बुझेर आवश्यक प्रकृया अगाडि बढाउने आश्वासन दिएको संघका सचिव साहले बताए ।

यता महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले भने तीन महिना देखि नगरपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृतविहिन हुदाँ समस्या खेपिरहेको बताए ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर अन्त गएपछि संघीय मामीला तथा स्थानीय प्रशासन मन्त्रालयले सट्टामा अर्को प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म पनि नपठाएको उनले बताए । तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत ननहुदा आर्थिक देखि प्रशासनिक सम्मका कामकाजज ठप्प नै भएको यादवको भनाई छ ।मन्त्रालयमा पटक पटक ताकेता गर्दापनि कुनै सुनुवाई नभएको गुनासो उनले गरे ।

अहिले काठमाण्डौं रहेका यादवले फोन सम्पर्कमा भने,‘प्रमुख प्रसासकीय अधिकृतकै माग गर्न अहिले फेरि म मन्त्रालयमा आएको छु , एकदुई दिनमा व्यवस्थापन हुन्छ भन्ने जवाफ मन्त्रालयबाट पाएकोछु, हेरौं के हुन्छ ।

 

Related posts

निजी विद्यालयको स्तर वर्गीकरण तथा शुल्क निर्धारण नगर्न महानगरलाई अदालतबाट उत्प्रेषण आदेश जारी

MadhesKhabar

एसईईको नतिजा सार्वजनिक : ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण

MadhesKhabar

पर्साका सरकारी विधालयहरुमा दिवा खाजा कार्यक्रममा घोटाला

MadhesKhabar

Leave a Comment