
मधेसखबर
वीरगन्ज, १४ साउन : माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। सी ग्रेड वा त्यो भन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् ।
राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुन बहादुर रायमाझीले परिक्षा बोर्डको बैठकले भदौ ११ र १२ गते ग्रेड वृद्धि परीक्षा गर्ने निर्णय भएको जानकारी दिए।

