वीरगन्ज,२०चैतःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ पकडिया बढनिहारस्थित जनता माध्यमिक विद्यालयमा पछिल्लो समय गरिएको शिक्षक नियुक्तिको विषय थप विवादित बनेको छ ।
मेयर गोकर्ण पाठकले नियम र प्रकृया मिचेर तीन जनाको शिक्षक नियुक्ती गरेको भन्दै वडाध्यक्ष सुकमान तामाङ लगायतले विरोध जनाउँदै आएका छन् ।विद्यालयमा शिक्षकहरुको नियुक्ती नियम र प्रकृया मिचेर गरिएकोले नियुक्ती बदर गर्न माग गर्दै वडाध्यक्ष तमाङ अदालत सम्म पुगेका छन् ।वीरगन्जस्थित उच्च अदालत जनकपुरको अस्थायी इजलाशले त्यस विषयमा उत्प्रेरणा परमादेश जारी गरेको छ ।
वडाध्यक्ष तामाङका अनुसार,मेयर पाठकले शिक्षक नियुक्त सम्बन्धि विज्ञापन गत ५ गते स्थगित गरी चैत ६ गते पुन अर्को विज्ञापन प्रकाशीत गरेका थिए । चैत ७ गते नै परीक्षा लिएर त्यही दिन नतिजा समेत प्रकाशन गरिएको थियो ।
त्यसपछि वडाध्यक्ष तामाङले शिक्षक नियुक्तीको प्रक्रिया गलत रहेको भन्दै मेयर पाठकले नातामा आफ्नो ज्वाई पर्ने एक जना र बाँकी दुई जना आफ्ना पार्टीका कार्यकर्तालाई नियुक्त गराउनको लागि विभिन्न किसिमका हतकण्डा अपनाई शिक्षक भर्ना गर्न लागेको आरोप लगाउँदै आएका छन्।
आफ्नो वडामा रहेको विद्यालयमा शिक्षक नियुक्तीमा मेयर पाठकले प्रकृया मिचेको भन्दै असन्तुष्ट वडाध्यक्ष तमाङले लिखित रुपमै नगरपालिकामा पत्र समेत पठाउँदा सुनुवाई नभएपछि जिल्ला प्रशासन कार्यालयमा समेत त्यस विषयमा अवगत गराएका थिए ।
वडाध्यक्ष तामाङले भने,‘ शिक्षक नियुक्ती बदर गर्न आग्रह गर्दै मेयर साबलाई पटक पटक पत्र पठाए ।तर कुनै सुनुवाई नभएपछि अदालतमा पुगेको हुँ । चैत ८ गते तीनै जना शिक्षकहरू हाजिर गर्न विद्यालयमा आउँदा आँफुले उनीहरुलाई हाजिर गर्न नदिएको उनले बताए ।

