Madhes Khabar
राजनीति

मधेस सरकारमा मन्त्री बनेकी विच्छाकाे सांसद पद गयाे

काठमाडाै,२७कात्तिक:राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशन बिनै मधेस प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन विच्छालाई सांसद पदबाट हटाउन सिफारिस गरेको छ।

अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहिबार बसेको बैठकले उनलाई सांसदबाट फिर्ता बोलाउने र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न सिफारिस गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

अनुशासन समितिको निर्णय अब बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेपछि लागू हुने श्रेष्ठको भनाइ छ। उनका अनुसार बैठक केही दिनमै बस्नेछ।

यसअघि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर, २४ घण्टाभित्र जवाफ नआएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएका थिए।

विच्छाले त्यसको पनि बेवास्ता गरेकी थिइन् । राप्रपाबाट मधेस प्रदेशको एक्ली सांसद उनी सरोज कुमार यादव नेतृत्वको विवादित सरकारमा पार्टीको निर्देशन विनै मन्त्री बन्न गएकी थिइन्।साभार:राताेपाटी

Related posts

बारा ३ मा एमालेका प्रदेश कमिटी सदस्य सहित ७६ जनाद्धारा पार्टी परित्याग

MadhesKhabar

उपेन्द्र यादव बारा २ बाट उम्मेदवार सिफारिस

MadhesKhabar

विपक्षीलाई लक्षित गर्दै मेयर सिंहले भने : अभि तो सिरिफ चौका मारा है ,छक्का मारना तो बाँकी हैं

MadhesKhabar

Leave a Comment