Madhes Khabar
राजनीति

पर्साको लोसपाले पनि १३ सुत्रीय माग राखेर प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझायो

माधुरी महत्तो
वीरगन्ज,२७असार : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पर्साले पनि स्थानीय र राष्ट्रिय सवालका १३ सुत्रीय माग राखेर पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ ।

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झा नेतृत्वको टोलीले सोमबार पर्साका प्र्रमुख जिल्ला अधिकारी उमेश ढकाललाइ भेटेर ज्ञापनपत्र बुझाएको हो ।

लोसपाले निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण छिटटै शुरु गर्न , नागरिकता सम्बन्धि विधेयक छिटटै पारित गर्न , मधेस आन्दोलनका बेला लगाइएका झुठा मुद्धा फिर्ता लिन , रेमश चौधरी सहितका राजबन्दी रिहा गर्न , मधेसी , दलित , अल्पसंख्यक लगायतको अधिकारका लाागि संविधान संशोधन गर्न , जनसंख्या अनुसार तीनै तहको सरकारमा बजेट विनियोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको लोसपाका नेता सन्तोष तिवारीले जानकारी दिए ।

यस्तै दैनिक उपभोग्यवस्तुको महङगी नियन्त्रण गर्न , कोभिड महामारीमा खटिएको स्वास्थ्यकर्मीको सेवा सुविधा उपलब्ध गराउन पनि सरकारसंग माग गरिएको तिवारीले बताए । पार्टीको केन्द्रिय सर्कुलर अनुसार सोमबार पर्साका प्रजिअ ढकाल मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाइ ज्ञापनपत्र बुझाउन गएको टोलीमा जिल्लाका नेता कार्यकर्ताहरुकोे पनि सहभागीता रहेको थियो ।

Related posts

मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासकाे मत

MadhesKhabar

हरेक वडामा एमबीबीएस डाक्टर सहितको उपचार सेवा उपलब्ध गराउछु : प्रदीप यादव

MadhesKhabar

उपेन्द्र यादवको जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रो लिंगी हनिलाई बनायो उम्मेदवार

MadhesKhabar

Leave a Comment