Madhes Khabar
राजनीति समाचार

पर्सामा जसपा, एमाले र रास्वपा परित्याग गरी ६५१ जना नेपाली कांग्रेसमा प्रवेश


वीरगन्ज, १५ फागुन:पर्सा क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनको सरगर्मी बढिरहेका बेला नेपाली कांग्रेसमा उत्साहजनक जनलहर देखिएको छ।

शुक्रबार कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिकाका विभिन्न पार्टीका ६५१ जना प्रभावशाली नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कालिकामाई गाउँपालिका वडा नं. ३, हरिहरपुरमा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित वडा अध्यक्ष सञ्जय कुमार पटेलको नेतृत्वमा ४५१ जनाले पार्टी परित्याग गरी कांग्रेस रोजेका छन्। निर्वाचित जनप्रतिनिधिसहितको यो प्रवेशले स्थानीय राजनीतिमा ठुलो अर्थ राख्ने देखिएको छ।

त्यसैगरी, पोखरिया नगरपालिकाका जसपा नगर अध्यक्ष एवं मेयरका प्रत्यासी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्यासी रबिभुषण तिवारीको नेतृत्वमा २०० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूमा जसपा, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विभिन्न दलका सक्रिय कार्यकर्ताहरू रहेका छन्।

नवप्रवेशीहरूलाई पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं नेपाली कांग्रेसका नेता रमेश रिजालले अबिर र टिका लगाएर पार्टीमा स्वागत गरेका छन्।

स्वागत मन्तव्यका क्रममा नेता रिजालले भने, “जनताको विश्वास र पार्टीको बढ्दो आकर्षणले कांग्रेसको विजय सुनिश्चित छ। हामी विकास र समृद्धिको एजेन्डा लिएर जनताको घरदैलोमा छौँ।”

यस व्यापक पार्टी प्रवेशले पर्सामा नेपाली कांग्रेसको संगठन थप मजबुत बनेको स्थानीय नेताहरूको दाबी छ।

Related posts

गगन थापा भन्छन् : कांग्रेस देउवाकै हस्ताक्षर लिएर चुनावमा जाँदैन

MadhesKhabar

शेरबहादुर र आरजुले सकृय राजनीतिबाट अब विश्राम लिनुपर्छ : कांग्रेस सभापति गगन थापा

MadhesKhabar

काठमाडौंबाट आउँदै गरेकाे टाटासुमाे मकवानपुरमा दुर्घटना हुदाँ ६ जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment