Madhes Khabar
Uncategorized

प्रहरी आचरण विपरित कार्य गरेको भन्दै असई सहित तीनजना प्रहरी कर्मचारी निलम्बन ।

सिरहा, १७ जेठ
प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ ।

निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनैजना प्रहरीलाई निलम्बन गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार त्यहाँ काममा  खटिएका प्रहरी सहायक निरीक्षक नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ ।

प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनैजनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

Related posts

बीआरआई ऋण–जालले नेपालको सार्वभौमसत्ता खतरामा परेको राष्ट्रिय एकता अभियानको निष्कर्ष

MadhesKhabar

पर्साको धोबिनी गाउपालिकामा जसपाको रोचक जित

MadhesKhabar

वीरगन्जका नाला,पोखरी र पानी जमेको स्थानमा औषधि छर्दै महानगर

MadhesKhabar

Leave a Comment