मधेसखबर ,वीरगञ्ज, ०४ जेठ
पर्साको धोविनी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले रोचक जित हासिल गरेको छ ।
गाउँपालिका अध्यक्षमा जसपाका मदन प्रसाद चौहान २० मतको झिनो अन्तरले जितेका छन् ।

आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार वशिष्ठनारायण प्रसाद कुर्मीलाई केवल २० मतको झिनो अन्तरले पराजित गर्दै चौहान अध्यक्षमा निर्वाचित भएका हुन् । चहुहानले ३ हजार ९१ मत ल्याउँदा कुर्मीले ३ हजार ७१ मत ल्याएका छन् ।
उपाध्यक्षमा भने जसपाका उम्मेदवार पराजित भएका छने। धोविनीको उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवलाई ५ सय ६६ मतले पराजित गर्दै मञ्जु देवी उपाध्यक्षमा निर्वाचित भएकी हुन् । मञ्जुले ३ हजार १ सय ४३ मत पाउँदा प्रियंकाले २ हजार ५ सय ७७ मत पाएकी निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिए ।

