Madhes Khabar
Uncategorized राजनीति

८० बोरा चिटको भाषणले निवर्तमान मेयर सरावगी फेरि चर्चामा

क्रान्ति शाह
वीरगन्ज , १० बैशाख
: वीरगन्ज महानगरका निवर्तमान मेयर तथा नेकपा एमालेका तर्फबाट मेयरको उम्मेदवार विजय सरावगी मिडिया र सोसल मिडिया (फेसबुक) मा एक पटक फेरि चर्चामा आएका छन् ।
ग्यालेक्सी टेलिभिजनले शनिवार बिहान वीरगन्जमा छायांकन गरेको चुनावी कार्यक्रम चिया गफमा सरावगीले ठाकुरराम बहुमुखी क्याम्पसको परिक्षा प्रणालीका बारेमा गरेको टिप्प्णीले उनको चर्को आलोचना भइरहेको छ ।
उक्त कार्यक्रममा सरावगीले ठाकुरराम बहुमुखी क्याम्पसमा हुने परिक्षामा बोराका बोरा चिट फेला पर्ने गरेको बताए । उनले भने ,‘ ठाकुरराम क्याम्पस भइरहेको परिक्षामा म एक पटक अनुगमनमा जादा मैले ८० बोरा चिट फेला पारेको थिए ।
सरावगीको यहि अभिव्यक्तिलाइ लिएर यहाका विधार्थी नेता र विधार्थी संगठनहरुले आपत्ति जनाउदै चर्को अलोचना गरेका छन् । शनिवार दिँउसो काँग्रेस निकट नेपाल विधार्थी संघ (नेविसंघ) र जनता समाजवादी पार्टी निकट समाजवादी विधार्थी युनियनले संयुत्त विज्ञप्ति जारी गर्दै माफी माग्न सरावगीलाइ आग्रह गरेका छन् ।


नेविसंघका इकाइ अध्यक्ष मनोज साह र समाजवादी विधार्थी युनियनका इकाइ अध्यक्ष हरिन्द्र साहको हस्ताक्षर रहेको विज्ञप्तिमा – निवर्तमान मेयर र एमालेका उम्मेदवार विजय सरावगीले आफनो राजनीतिक अस्तित्व बचाउन ठाकुररामब बहुमुखी क्याम्पसलाइ बदनाम गर्न खोज्नु भएको छ । स्वंय वीरगन्जको शैक्षिक स्तर उकास्न नसक्ने , आफनो जिम्मेवारी पुरा गर्न नसक्ने , अनि ठाकुरराम क्याम्पसलाइ बदनाम गराउन ८० बोरा चिट फेला पारेको भनेर दिएको अभिव्यक्ति प्रति घोर आपत्ती रहेको उल्लेख छ ।
एउटा जिम्मेवार जनप्रतिनिधी र नेताले यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिनु वीरगन्जका लागि दुभाग्यपूर्ण रहेकाले आफनो अभिव्यक्ति सच्याउन सरावगीलाइ दुवै विधार्थी संगठनले आग्रह पनि गरेका छन्।यसका साथै क्याम्पस प्रशासन समक्ष माफी माग्न पनि सरावगीसंग उनिहरुले आग्रह गरेका छन् ।
यस्तै फेसबुक लगायत सोसल मिडियामा पनि ठाकुरराम क्याम्पसमा अध्ययन गरेका पुर्व विधार्थी नेताहरले पनि सरावगीको उक्त अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् ।
पूर्व स्ववियु सचिव एंव काँग्रेसका युवा नेता राकेश यादवले आफनो फेसबुक पेजमा लेखेका छन् – नेकपाका मेयर प्रत्यासी बिजय सरावगी जीले ठाकुरराम बहुमुखी क्याम्पसवाट ८० केजि चिट निस्कने भनेर दिएको वक्तव्य तत्काल सच्याउन चेतावनी दिन चाहन्छु । सरस्वती मन्दिरलाई सिगार्न सक्नुहुन्न भने गाली गर्ने हैसियत पनि छैन ।
यता सरावगीले भने आफनो अभिव्यक्ति सही नै रहेको बताए । उनले ठाकुरराम बहुमुखी क्याम्पसमा हुने परिक्षा प्रणालीमा विकृति रहेकाले त्यसलाइ सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए ।मधेसखबर डटकमसंग कुरा गर्दै सरावगीले भने ,‘ जब म एक पटक क्याम्पसको परिक्षा अनुगमन गर्न गए त्यही दिन मैले ८० बोरा चिट समातेको थिए , त्यसको प्रमाण मसंग छ , त्यो दिन म पुग्दा परिक्षा हलमा एक जन पनि प्राध्यापक थिएनन्, कर्मचारी मात्रैले परिक्षा लिइरहेका थिए ।
ठाकुरराम बहुमुखी क्याम्पससंग आफनो लगाव रहेको भन्दै निवर्तमान मेयर सरावगीले ठाकुररामको परिक्षा प्रणाली सुधारेर शैक्षिक गुणस्तर उकास्न आवश्यक रहेको बताए । आफुले क्याम्पसलाइ बदानाम गर्न नभइ क्याम्पसको शैक्षिक गुणस्तर सुधार्ने नियतले त्यस्तो अभिव्यक्ति दिएको उनले प्रस्टिकरण दिए । तर विपक्षी दल र तीनका विधार्थी संगठनले त्यो अभिव्यक्तिलाइ चुनावी स्टण्ट बनाउन खोजेको भएपनि यसले जनतामा कुनै असर नपर्ने जिकिर सरावगीले गरे ।

Related posts

काठमाडौंकाे पद्मकन्या क्याम्पसकाे स्ववियु सभापतिमा गगन थापा पक्षधरकी उम्मेदवार भूपी विजयी

MadhesKhabar

पर्साको चार वटै क्षेत्र जसपा–एमाले गठबन्धनले जित्ने प्रदीप यादवको दाबी

MadhesKhabar

विभिन्न वडाका दुई दर्जन युवाहरु जनमत पार्टीमा प्रवेश ,नेता सरार्फद्वारा स्वागत

MadhesKhabar

Leave a Comment