Madhes Khabar
Uncategorized

वीरगन्जका नाला,पोखरी र पानी जमेको स्थानमा औषधि छर्दै महानगर

वीरगन्ज,१०भदौं :वीरगन्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि शहरका नाला, पोखरी तथा पानी जम्ने स्थानमा पम्प–स्प्रे मार्फत औषधि छर्ने अभियान भोलि (बुधबार) देखि सुरु गर्ने भएको छ।

महानगरको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सर्फुदिन मियाँका अनुसार तालिका बनाई महानगरका ३२ वटै वडामा चरणबद्ध रूपमा औषधि छर्ने कार्यक्रम तयार गरिएको छ। पहिलो दिन बुधबार वडा नमबर १, २ र ३ मा स्प्रे अभियान सञ्चालन गरिनेछ। बिहान १० बजेदेखि नै जनशक्ति परिचालन गरी नाला तथा पानी जमेको स्थानमा पम्प–स्प्रे प्रयोग गरेर औषधि छर्किने उनले जानकारी दिए।

डेंगु, इन्सेफ्लाइटिस, मलेरिया जस्ता प्राणघातक रोग लामखुट्टेको टोकाइबाट फैलिन सक्ने भएकाले रोकथामका लागि यो अभियान सुरु गर्न लागिएको महानगरले जनाएको छ। मियाँका अनुसार असोज ५ गतेसम्म यो अभियान निरन्तर चल्नेछ।

महानगरले लामखुट्टे नियन्त्रणका लागि वर्षमा दुईपटक नियमित रूपमा औषधि छर्ने गरेको छ। हाल लामखुट्टेको सङ्ख्या तीव्र रूपमा बढिरहेको देखिएकाले यसपटक समयमै पहल थालिएको हो।लामखुट्टे नियन्त्रण टोलीलाई सहज रूपमा काम गर्न नगरवासीलाई सक्रिय सहयोग गर्न पनि महानगरपालिकाले आग्रह गरेको छ।

 

Related posts

छठ पर्व मनाउन पर्साको भेलाहाका १०० महिलालाई समाजसेवी बर्णवालले बाँडे साडी

MadhesKhabar

काठमाडौंमा साढे १९ केजी सुन सहित एक जना पक्राउ

MadhesKhabar

मधेसवादी दल मधेसमै कमजोर

MadhesKhabar

Leave a Comment