Madhes Khabar
Uncategorized

भूमी समस्या समाधान आयोग पर्साका नवनियुक्त अध्यक्ष अहमदले आजदेखि कार्यभार सम्हाले

वीरगन्ज,१०माघःनेपाल सरकारद्वारा भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षमा नियुुक्त तबरेज अहमदले आज(बिहीबार)देखि कार्यभार सम्हालेका छन् ।

गत पुस २९ गते सरकारले पर्सामा अहमदसंगै ७७ जिल्लामा भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको थियो । नियुक्त भएको दुई सातापछि अहमदले बिहीबार वीरगन्जस्थित भूमी समस्या समाधान आयोग पर्साको अध्यक्षको पदभार ग्रहण गर्दै विधिवत रुपमा कार्यभार सम्हालेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) का युवा नेतासमेत रहेका अहमदले यसअघि २०७८ चैत १७ गतेदेखि २०८० चैत ८ गतेसम्मपनि पर्साको भूमी आयोगको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए ।

जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अध्यक्ष अहमदलाई पदभार ग्रहण गराउँदै उनको सफल कार्यकालको लागि शुभकामनापनि दिए ।

बिहीबारदेखि पदभारग्रहण गर्दै कार्यभार सम्हालेका अध्यक्ष यादवले यसअघिको दुई वर्षे कार्यकालमा पर्सा जिल्लामा रहेका भूमीहिन विपन्न,दलित,अल्पसंख्यक समुदायका लागि आँफुले धेरै कामहरु गरिसकेको र अधुरा रहेका कामहरु यस कार्यकालमा पुरा गर्ने प्रतिबद्धता जनाए ।अबको ३ वर्षे कार्यकालमा पर्सामा विद्यमान भूमि सम्बन्धि समस्या स्थायीरूपमा समाधान हुने उनले बताए।
अध्यक्ष अहमदले साविकका आयोग देखि हालसम्मको आयोगले गरेका कामकारबाहीलाई समेट्ने गरि स्मारिका प्रकाशित गर्ने निर्णयपनि गरेको जानकारी दिए ।अध्यक्ष अहमदले यो अन्तिम आयोग हुने भएकोले जिल्लाका सम्पूर्ण भुमिहिनहरुको समस्या समाधान हुने गर्नेगरि काम गर्ने समेत बताए ।

त्यसअवसरमा नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा , जसपाका नेता प्रेमबाबु पटेल , पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मी, जिल्ला समन्वय समिति पर्साका प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा,नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहान,जसपाका नेताहरु असलम आलम,मुकेश द्धिवेदी,अमित यादव, मुस्तकिम अन्सारी,मुकेश द्धिवेदी लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्जमा हनुमान जन्मोत्सवमा निकालिएको शोभा यात्रामा उर्लियो हिन्दुहरुको जनसागर (फोटो फिचर)

MadhesKhabar

अभियन्ता सरार्फको पहलमा ॐ शान्ति जैसवाल ट्रेडर्स द्वारा नारायणी अस्पताललाई सहयोग ।

MadhesKhabar

पर्साको पालिकामा पहिलो जित काँग्रेसको , ३२ वर्षिय अनोज पालिका प्रमुखमा विजयी

MadhesKhabar

Leave a Comment