Madhes Khabar
Uncategorized

वीरगन्जमा हनुमान जन्मोत्सवमा निकालिएको शोभा यात्रामा उर्लियो हिन्दुहरुको जनसागर (फोटो फिचर)

वीरगन्ज,३०चैतःभगवान् श्री रामका भक्त हनुमानको जन्मोत्सव शनिबार वीरगन्जमा हर्षोल्लाशका साथ मनाइएको छ । वीरगन्जका हरेक टोल टोलबाट ‘जय श्रीराम–जय श्रीहनुमान’ अंकीत भगवा झण्डा, बाजागाजा र झाँकीसहित शोभा यात्रा निकालेर नगर परिक्रममा गर्दै हनुमान जन्मोत्सव हर्षोल्लाशका साथ मनाइएको हो ।

महानगरको बजार क्षेत्रका हरेक टोलबाट निकालिएको शोभायात्रा घण्टाघर चोकमा पुगेर एकिकृत भई त्यहाँबाट माईस्थान,आदर्शनगर, अलखियामठ, वीर्ता, छपकैया हुदैं नगर परिक्रममा गरेको थियो ।

विश्व हिन्दु परिषद, हिन्दु समाज,नेपाल बजरंग दल,हिन्दु युवा परिषद लगायत हिन्दु धर्म सम्बद्ध विभिन्न संघसंगठनहरुको आयोजनामा निकालिएको शोभा यात्रामा महिला,पुरुष,बृद्धबृद्धा,बालबालिकाको उल्लेख्य सहभागीता थियो । शोभा यात्रामा श्रीराम भक्त हनुमानको पहहिरन र भेषभुषामा सजिएका युवाहरुले सडकका चोक चोकमा हनुमान लीला प्रदर्शन गरे भने महावीर मन्दिर अगाडि शो यात्रा पुग्दा त्यहि सकडमै बसेर युवाहरुले हनुमान चालिसा पाठ पनि वाचन गरेका थिए ।

शोभा यात्रामा सहभागी भक्तजनहरुको सेवाका लागि हरेक चोकमा विभिन्न संघसंस्थाले निःशुल्क चिसो पेय पदार्थ,सर्वत पानी र प्रसाद वितरण गरेका थिए । यस्तै शोभा यात्राको सुरक्षा तथा कुनै अप्रिय घटना नहोस् भनेर नगरभर नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि ८ सय ५० भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।

 

Related posts

प्रेमको नाटक गरेर २५ लाख भन्दा बढी ठगी गर्ने युवती प्रहरी नियन्त्रणमा

MadhesKhabar

पर्साको धोबिनी गाउपालिकामा जसपाको रोचक जित

MadhesKhabar

सरकारले छनौट गरेका ‘नमूना विद्यालय’ मा पर्साका ५ र बाराका ७ सरकारी विद्यालय पनि परे

MadhesKhabar

Leave a Comment