Madhes Khabar
Uncategorized

वीरगन्जको आदर्शनगरबाट अफिमसहित दुई जना पक्राउ

सांकेतिक तस्वीर

वीरगन्ज,२६असोजःवीरगन्जबाट लागू औषध अफिमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर १ का ५३ वर्षिय सुरेश प्रसाद कलवार र छिपहरमाई गाँउपालिका वडा नम्बर १ का २९ वर्षिय भारती प्रसाद यादव रहेका छन् । कलवार कालीकामाई गाँउपालिकाका अध्यक्ष बशिष्ठ प्रसाद कलवारका बुबा हुन् ।

उनिहरुलाई लागु औषध अफिम जस्तो देखिने पदार्थ ४ सय १८ ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।प्रहरी नायब उपरीक्षक भारतीका अनुसार, उनिहरु दुवै जनालाई वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित कलवारको घरबाट शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, विशेष सुचना पाएर जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले आदर्शनगरस्थित कलवारको घरको कम्पाउण्डभित्र पार्किङ गरेर राखिएको ना ४८ प ३७६४ नम्बरको पल्सर मोटरसाइकलमा लुकाएर राखिएको अफिम बरामद गरेको थियो । मोटरसाइकलबाट अफिम बरामद भएपछि उक्त मोटरसाइकल धनी कलवाार र यादवलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भारतीले जाानकारी दिए ।

अफिमसहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।

Related posts

होलीको उपलक्ष्यमा वीरगन्जमा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले गरे रगतदान

MadhesKhabar

१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

MadhesKhabar

पर्सा क्षेत्र नं. १ मा अनिल रुङटाको पक्षमा जेन–जी युवाहरुको समर्थन

MadhesKhabar

Leave a Comment