वीरगंज २, फागुन:पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङटाको पक्षमा जेन–जी युवाहरु खुलेर उभिएका छन्। पिपरामा आयोजित युवा भेलामा दर्जनौँ युवाहरुले रुङटालाई आफ्नो “अन्तिम आशाको उम्मेदवार” भन्दै पूर्ण विश्वास व्यक्त गरेका छन्।
भेलामा सहभागी युवाहरुले खेलकुद प्रवर्द्धन, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, प्रविधिमैत्री अवसर तथा पारदर्शी नेतृत्वको अपेक्षा राख्दै रुङटाको जित सुनिश्चित गर्न सक्रिय रुपमा अभियानमा लाग्ने प्रतिबद्धता जनाए।
भेलाले क्षेत्र नं. १ मा युवाहरुको सहभागिता र उत्साह बढ्दै गएको संकेत गरेको छ भने रुङटाको अभियानलाई थप बल पुगेको बताइएको छ।

