Madhes Khabar
Uncategorized वाग्मती प्रदेश

प्रेमको नाटक गरेर २५ लाख भन्दा बढी ठगी गर्ने युवती प्रहरी नियन्त्रणमा

 

मधेसखबर 

वीरगन्ज,२५असार :चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार फेसबुक आईडीबाट चिनजान गरी प्रेम सम्बन्ध बढाएसँगै गैँडाकोटकी २६ वर्षीय पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय विवाहित पुरुषसँग पटकपटक गरेर २६ लाख ४५ हजार ७०० रुपैँया लिएकी थिइन् । फेसबुकमा भएको निरन्तरको कुराकानी, गफगाफले उनीहरु रेष्टुरेन्टमा प्रत्यक्ष भेटघाट गर्न थाले जसले गर्दा उनीबीचमा असल प्रेमीप्रेमिकाको सम्बन्ध बन्यो ।

ती युवतीले आकर्षक ब्लोअप तस्विरहरु पुरुषलाई पठाउने गरेपछि पुरुष झनै झनै युवतीको मायाझालमा फस्दै गए । आफूलाई निकै भाग्यमानी पुरुषको रुपमा सोच्न थाले । तर, जब २५ लाख रुपैयाँ हात पारिन् तब ती युवतीको केटासँग कुराकानी पातलिन थाल्यो । केटाले म्यासेन्जर, फोनमा धेरै कुराकानी र भेटघाट गर्न चाहे पनि केटीले बेवास्ता गर्न थालिन् । त्यसपछि युवती बिस्तारै सम्पर्कबाट टाढिन थालिन् ।

आफ्नी प्रेमिकाबाटै यसरी ठगिएपछि ती पुरुषले ठगीको आरोपमा चितवन प्रहरीमा निवेदन दिए पछि ।  प्रहरीले ती युवतीलाइ पक्राउ गरि  ठगीको अभियोगमा मुद्दा चलाएको प्रनाउ  अधिकारीकारीले बताए ।

Related posts

मधेस प्रदेशका १ लाख ८१ हजार श्रमिकहरु वैदेशिक रोजगारीमा

MadhesKhabar

नेपाल ६० रनमै अलआउट,आयरल्यान्ड ११४ रनले विजयी

MadhesKhabar

वीरगन्जको आदर्शनगरबाट अफिमसहित दुई जना पक्राउ

MadhesKhabar

Leave a Comment