Madhes Khabar
वाग्मती प्रदेश

यातायात कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

सांकेतिक तस्बिर।

काठमाडौं,२असार:काठमाडौंकाे गुर्जुधारामा रहेकाे यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जनाबिचौलियालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि–५ का २७ वर्षीय रन्जित महर्जन, गोकर्णेश्वर–८ का २३ वर्षीय दोर्जे लामा, चन्द्रागिरि–१२ का ३२ वर्षीय आशिष श्रेष्ठ, चन्द्रागिरि–५ का ४९ वर्षीय केदार श्रेष्ठ, धादिङको सिद्धलेक गाउँपालिका–१ का २७ वर्षीय डाक्सन गुरुङ र चन्द्रागिरि–६ का २५ वर्षीय सविन तामाङ रहेका छन् ।

उनीहरूले अनावश्यक रूपमा सेवाग्राहीलाई दुख हैरानी दिने गरेको प्रहरीले बताएको छ ।

छिटो छरितो सेवा गरिदिने भन्दै बिचौलियाको काम गरेपछि प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको बताइएको छ ।

Related posts

चितवनमा चार सवारीसाधन आपसमा ठाेक्किदाँ १ जनाकाे मृत्युु , २२ जना घाइते

MadhesKhabar

स्याङ्जा २ मा काँग्रेसका धनराज गुरुङ विजयी

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

Leave a Comment