Madhes Khabar
वाग्मती प्रदेश

चितवनमा चार सवारीसाधन आपसमा ठाेक्किदाँ १ जनाकाे मृत्युु , २२ जना घाइते

चितवन,१४जेष्ठ :नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनकाे भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाँउमा आइतबार राति चार वटा सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आइतबार राति साढे १२ बजे काठमाडौंबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौंबाट महोत्तरीतर्फ आउँदै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ८९६८ नम्बरको बस एकापसमा ठोक्किएका थिए । दुर्घटनामा परी अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन ।

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएकोमा साेमबार बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा तथा चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Related posts

एउटै मन्त्रालयको खाजा , इन्धन र भत्तामा सकियो ११ करोड

MadhesKhabar

अस्पतालबाट बच्चा चोरी गरेको आरोपमा पक्राउ परेकी महिला धरौटीमा रिहा

MadhesKhabar

२ किलो सुनसहित २ जना पक्राउ

MadhesKhabar

Leave a Comment