Madhes Khabar
वाग्मती प्रदेश

रवि लामिछानेविरुद्धको उजुरी प्रहरीले लिन मानेन

काठमाडौं,१७ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै राहदानी ऐनअनुसार कारबाही गर्न माग गर्दै युवराज पौडेल जाहेरी लिएर काठमाडौं प्रहरी परिसर पुगेका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नगरिएको हो ।

लामिछानेले अमेरिकी नागरिक रहेका बेला नेपालको पुरानो नागरिकतालाई प्रयोग गरेर १२ जेठ २०७२ मा नेपाली पासपोर्ट लिएका थिए । सर्वोच्च अदालतको शुक्रबारको फैसलाअनुसार उनको त्यो नागरिकता २०७० मै खारेज भइसकेको थियो । त्यही कारण सर्वोच्चले उनको सांसद पद समेत खारेज गर्ने फैसला सुनाएको छ भने लामिछानेले पनि नयाँ नागरिकता लिएका छन् ।

जाहेरीमा लामिछानेले झुटो विवरण दिई राहदानी लिएकाले तत्काल नियन्त्रणमा लिन र आवश्यक अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउन माग गरिएको छ ।साभार:अनलाइनखबर

Related posts

चामलको बोराभित्र लागु औषधको तस्करी, मुखियासहित दुई जना पक्राउ

MadhesKhabar

१९ घण्टापछि खुल्यो नारायणघाट–मुग्लिन सडकखण्ड

MadhesKhabar

सापटीको पैसा फिर्ता नदिएपछि साथीको हत्या

MadhesKhabar

Leave a Comment