Madhes Khabar
वाग्मती प्रदेश

खोलामा पौडी खेल्न गएका ३ जना बालकको डुबेर मृत्यु

सांकेतिक तस्बिर ।

मकवानपुर,१८च‌ैत:मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ स्थित सिस्नेरी खोलामा सोमबार पौडी खेल्न गएका तीन बालकको डुबेर मृत्यु भएको छ । काभ्रे घर भएका दुई बालक र सिस्नेरी डोडारेका एक बालकको सिस्नेरी बजार नजिकको खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिस्नेरी डोडारेका१४ वर्षीय सुशान्त आचार्य, काभ्रेकाे फूलबारी दाप्चाका १४ वर्षी प्रमेश घोरसाइने र ११ वर्षीय प्रमाध घोरसाइने रहेका छन् । घोरसाइने दाजुभाई हुन् भने आचार्य उनिहरुका मामाका छोरा हुन् । घोरसाइने दाजुभाइ मामा घर आएका बेला पौडी खेल्न गएका थिए ।

ईलाका प्रहरी कार्यालय भीमफेदीकी प्रहरी निरीक्षक ललिता ढकालले पौडी खेल्न गएका तीन बालकको एकै ठाउँ मृत्यु भएको पुष्टि गरिन् । मृत्यु भएका तीनै जना बालकको शव शल्यपरिक्षणका लागि काठमाडौं पठाइएको ढकालले बताईन् ।

Related posts

दोलखामा एमालेका शिवाकोटीलाइ हराउदै माओवादीका कार्की विजयी

MadhesKhabar

सिन्धुलीको गोलन्जोरबाट एकै परिवार १६ जना एकसाथ बेपत्ता, खोजी कार्य जारी

MadhesKhabar

चार जना मन्त्रीहरुले एकसाथ दिए राजीनामा

MadhesKhabar

Leave a Comment