चितवन,१६भदाैं : चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा फेरि सवारी दुर्घटना भएको छ।गत असार २८ गते पहिराेले बगाएर त्रिशूली नदीमा ६५ जना मानिससहित दुई वटा बस बगाएको सिमलतालमै आइतबार बिहान भारतीय बस र आईचर ट्रक ठोक्किएका हुन् ।
दुर्घटनामा बाराका २ जनासहित ३ जना घाइते भएका छन्। आइतबार बिहान साढे ६ बजे मुग्लिङबाट नारायणगढ आउँदै गरेको ग २ ख ११०८ नम्बरको आईचर ट्रकलाई विपरीत दिशाबाट जाँदै गरेको एआर ०१ टी ६३७२ नम्बरको भारतीय बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्रक चालक र ट्रकमा सवार बारा २ जना घाइते भएका हुन्।
दुर्घटनाबाट दुबै सवारी साधनमा सामान्य क्षति भएको बताइएको छ। दुर्घटनामा घाइते भएकामा धादिङ बेनीघाटका ट्रक चालक २८ वर्षीय राजन क्षत्रीको दाइने हातमा चोट लागेको छ। ट्रकमा सवार बाराकाे आदर्श काेतवाल५ का ३० वर्षीय मन्ज रावल बरईको घाटीमा चोट लागेको छ भने उनका छाेरा ६ वर्षिय आशीष चौरासियाको पेटमा भित्रि चोट लागेको बताइएको छ।बसका चालक फरार रहेकाे चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
दुर्घटनाबाट दुबै सवारी साधनमा सामान्य क्षति भएको उनले बताए ।

