Madhes Khabar
वाग्मती प्रदेश

त्रिशुली नदीमा खसेकाे जिप भेटियाे, चालक र यात्रुहरुकाे अवस्था अझै अज्ञात

चितवन,२माघ:त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको बलेरो जिप फेला परेको छ । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त बलेरो जिप त्रिशूलीमा खसेको हो।

मंगलबार बिहान पौने पाँच बजेको समयमा उक्त जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जिप सडकबाट करिब ८५ मिटर तल नदीमा खसेको हो।

त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ ।

केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको र उनीहरुको खोजी भइरहेको उनले बताए ।

Related posts

नारायणगढ–मुग्लिन सडक : थप एक महिना बाटो बन्द

MadhesKhabar

दोलखामा एमालेका शिवाकोटीलाइ हराउदै माओवादीका कार्की विजयी

MadhesKhabar

अदालत हाजिर भएका व्यवसायी रुङ्गटा थुनामा पठाउने आदेशपछि बेहोस

MadhesKhabar

Leave a Comment