Madhes Khabar
वाग्मती प्रदेश

दोलखामा एमालेका शिवाकोटीलाइ हराउदै माओवादीका कार्की विजयी

मधेसखबर
वीरगन्ज,१९मंसिर : दोलखाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। एमालेका उम्मेदवारलाई पराजित गर्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की ३१७ मतान्तरले विजयी भएका हुन्।

कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले ३६ हजार ४८२ मत ल्याएका छन्।यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गरेका छन्।

दोलखामा सत्ता गठनब्धनले बुथ कब्जा गरेको उजुरी परेपछि निर्वाचन आयोगले केहि मतदान केन्द्रमा भने मंसिर १५ गते पुनः मतदान गरेको थियो।

Related posts

हेटौंडा-काठमाडौं जोड्ने तीनवटै सडक पहिरोले अवरुद्ध

MadhesKhabar

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदाँ एमालेका दुई विद्यार्थी नेताको मृत्यु

MadhesKhabar

वन तथा वातावरणको क्षेत्रमा नमुना काम गरेर देखाउछु : मन्त्री यादव

MadhesKhabar

Leave a Comment