Madhes Khabar
वाग्मती प्रदेश

माडवारी समुदाय बारे विवादास्पक अभिव्यक्ति दिदै आएका दुर्गा प्रसाईंलाई दलियो कालोमोसो

काठमाडौं,२२असोजः माडवारी समुदाय बारे विवादास्पद अभिव्यक्ति दिंदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।

काठमाडौंको यल्लो प्यागोडा होटलमा प्रसाईंले सोमबार दिउँसो १२ः४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।
त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिंदै आएका छन् ।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।सभारः अनलाइनखबरबाट

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

खाद्यान सामाग्री ढुवानी लेखिएको ट्याक्टरमा अबैध कस्तुरी ढुवानी , पर्सा प्रहरीले गर्यो पक्राउ ।

MadhesKhabar

हेटौंडाको मेयरमा नेकपा एस र उपमेयरमा कांग्रेसकोे जित सुनिश्चित

MadhesKhabar

Leave a Comment