Madhes Khabar
वाग्मती प्रदेश

काठमाडौंमा श्रीमतीसंग झगडा परेपछि एक पुरुषले लगाए आफ्नै शरीरमा आगो

सांकेतिक तस्बिर

काठमाडौं,२३जेष्ठः काठमाडौंको चाबहिलमा श्रीमतीसंग विवाद भएपछि एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् ।

प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए ।

श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक प्रवक्ता नवराज अधिकारीले बताए ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । शरिरमा आगो लगाएका ती पुरुषसहित पाँचै जनाको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धानकै क्रममा रहेको भन्दै प्रहरीले कसैको पनि परिचय खुलाएको छैन ।साभार ः अनलाइनखबर

Related posts

हेटाैंडा-काठमाडौं सडकखण्डमा कार दुर्घटना हुदाँ डाक्टरसहित चार जनाकाे मृत्यु

MadhesKhabar

काठमाडौंमा विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने ९ जना पक्राउ

MadhesKhabar

बालकुमारी घटनाकाे अनुसन्धान गर्न उच्चस्तरीय आयाेग गठन

MadhesKhabar

Leave a Comment