Madhes Khabar
वाग्मती प्रदेश

काठमाडौंकाे एक स:मिलमा चार जनाकाे हत्या

काठमाडौं ,३०भदाैं: काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ।

काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार घटनाबारे प्रहरीलाई शुक्रबार राति ११:२३ बजे सूचना प्राप्त भएको थियो।घटनास्थलमा तत्काल पुगेको प्रहरीले चार जना मृत अवस्थामा फेला पारेको थियो।

उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको ढुंगेलले जानकारी दिए। हत्या भएकामध्ये तीन जना एकै परिवारका हुन्।

हत्या भएकामा दोलखा घर भई हाल सोही स:मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् ।

प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्‍त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको जनाएको छ।

 

Related posts

पर्सामा एसपी रहिसकेका धिरज प्रताप, नेपाल प्रहरीको आइजीपीमा नियुक्त

MadhesKhabar

रवि लामिछानेको पार्टी कार्यालयमा आगलागी

MadhesKhabar

नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्यांकर ठोक्किँदा १६ यात्रु घाइते

MadhesKhabar

Leave a Comment