Madhes Khabar
वाग्मती प्रदेश

नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्घ

फाइल फाेटाे

काठमाडौं ,१६असार: नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

शनिबार बिहान ११ बजेर ३५ मिनेटमा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।शनिबार बिहान तीन बजे त्यही ठाउँमा पहिरो खसेर सडक बन्द भएको सडक सञ्चालन भएको केहीबेरमा पुनः पहिरो खसेर अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो पनि त्यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक शुक्रबार बेलुकी ५ बजेदेखि खुलेको थियो । पहिरो झरेर सडक अवरुद्ध भइरहने हुनाले त्यस ठाउँमा अपरेटरसहितको मेसिन तैनाथ रहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

यो सडक हुँदै दैनिक औसतमा १० हजार गाडी आवतजावत गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डाै ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

जमेको पानीमा करेन्ट लागेर हेटौंडामा २ बालिकाको मृत्यु

MadhesKhabar

काठमाडौं ४ मा गगनकाे ह्याट्रिक

MadhesKhabar

Leave a Comment