Madhes Khabar
वाग्मती प्रदेश

बालेनले हर्कको भिडिओ शेयर गर्दै भने : तपाईं जस्ताे इमानदार नेता १०० वर्ष सम्म जन्मिदैन

मधेसखबर
वीरगन्ज ,१४ मंसिर : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हर्क साम्पाङलाई प्रशंसा गर्दै उनको भिडिओ अन्तरवार्ता सेयर गरेका छन् ।

बालेनले फेसबुकमा भुषण दाहालले साम्पाङसँग लिएको अन्तरवार्ता सेयर गरेका हुन् । जहाँ हर्कले सुकुम्बासीका विषय उठान गरेका छन् । भिडिओमा उनले धरानमा सुकुम्बासीभित्रको अवस्थाबारे बोलेका छन् ।

काठमाडौंस्थित थापाथलीमा आइतबार सुकुम्बासीमा डोजर लगाउन खोज्दा स्थानीयबासी प्रतिकारमा उत्रिँदा नगर प्रहरीहरु घाइते भएका थिए । यसै विषयमा हर्कले सुकुम्बासी बन्ने बनाउने खेलमा राजनीतिक स्वार्थ रहेको भिडिओमा बताएका छन् ।

उनले यसको समस्याको लागि आफू एक्लैले नसक्ने भन्दै सबै नेताहरुलाई इमानदार बन्न अपील गरेका छन् । बालेनले यही प्रसंग उठाउँदै भिडिओ शेयर गर्दै लेखेका छन्, ‘हर्कजी तपाईंजस्तो इमानदार नेता यो देशमा अझै १०० वर्ष जन्मिँदैन’

Related posts

धादिङको थाक्रेमा घरमा आगलागी हुदाँ जलेर वृद्ध दम्पतीको मृत्यु

MadhesKhabar

चितवनको सिमलतालमा फेरि सवारी दुर्घटना,बाराका २ जनासहित ३ जना घाइते

MadhesKhabar

माडवारी समुदाय बारे विवादास्पक अभिव्यक्ति दिदै आएका दुर्गा प्रसाईंलाई दलियो कालोमोसो

MadhesKhabar

Leave a Comment