Madhes Khabar
वाग्मती प्रदेश

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक २४ घण्टादेखि ठप्प

फाइल फोटो

चितवन, १५ असार : बिहीवार दिउँसोदेखि बन्द भएको भएको नारायणगढ–मुग्लिन सडक खण्ड थप पहिरो नखसे शुक्रवार बेलुकीसम्ममा सञ्चालनमा आउने भएको छ । सडक खण्डको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीवार दिउँसो १ बजे पहिरो खसेपछि सडक बन्द भएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार शुक्रबार बिहान साढे ८ बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको पौडेलले बताए ।

दुई वटा एक्स्काभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन् । पौडेलका अनुसार थप पहिरो नखसेमा शुक्रबार बेलुकी ६ बजेसम्ममा सडक सञ्चालन गर्न सकिने गरी काम भइरहेको छ ।

सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन । ढुङ्गा खस्ने क्रम कम भएसँगै आज बिहानदेखि पहिरो पन्छाउन थालिएको हो । सडक सञ्चालनमा आए पनि गाडीको लामो लाइन भएकाले तत्काल वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

चौबीस घण्टाभन्दा बढी समयदेखि सडक बन्द हुँदा यो सडक हुँदै यात्रा गर्ने धेरै यात्रु बिचल्लीमा परेका छन् । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् ।

 

Related posts

नारायणी नदीमा एक जना पुरुषको शव फेला

MadhesKhabar

नारायणी नदी र गण्डक नहरमा थप ४ शव भेटियो

MadhesKhabar

मकवानपुरमा भएकाे ट्रक दुर्घटनामा तीन जनाकाे मृत्यु

MadhesKhabar

Leave a Comment