Madhes Khabar
वाग्मती प्रदेश

धादिङमा यात्रु बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु

वीरगन्ज,०६ भदौं : धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको होे ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एंव प्रहरी नायब उपपरीक्षक सन्तु जयसवारले जानकारी दिए । उनका अअनुसार घटनास्थलबाट १६ जनाको उद्धार गरिएकोमा तीमध्ये ८ जनाको मृत्यु भएको हो । ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जयसवारले बताए ।

Related posts

धादिङको थाक्रेमा घरमा आगलागी हुदाँ जलेर वृद्ध दम्पतीको मृत्यु

MadhesKhabar

कार दुर्घटनामा जनमत पाटीका उपाध्यक्ष खानसहित चार जना घाइते

MadhesKhabar

एउटै मन्त्रालयको खाजा , इन्धन र भत्तामा सकियो ११ करोड

MadhesKhabar

Leave a Comment