Madhes Khabar
वाग्मती प्रदेश

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे सुमाे मकवानपुरमा दुर्घटना हुदाँ १३ जना घाइते

हेटाैडा,७कार्तिक:मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-५ स्थित मकैघारीमा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ३:३५ बजे कुलेखानी मातातीर्थ सडकखण्डमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्र ०३-००१ ज ०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घाइतेहरुलाई अहिले उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।साभार:अन्नपूर्ण पाेष्टबाट

Related posts

मकवानपुरमा ब्रेक फेल भएको बसले ठक्कर दिदाँ ३ जनाकाे मृत्यु

MadhesKhabar

दोलखामा एमालेका शिवाकोटीलाइ हराउदै माओवादीका कार्की विजयी

MadhesKhabar

काठमाण्डौको मेयर बने बालेन्द्र

MadhesKhabar

Leave a Comment