Madhes Khabar
वाग्मती प्रदेश

काभ्रेमा बस दुर्घटना, १८ जनाको मृत्यु

वीरगन्ज ,२७ मंसिर :काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

बेथानथोक ५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका-४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस साँझ ६ बजे दुर्घटनामा परेको हो ।पिच सडकमै अनियन्त्रित भएर बस पल्टिएको हाे । दुर्घटनामा १५ जना भन्दा बढि गम्भीर घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने मृतककाे संख्या भने यकिन भइनसकेको बताइन् ।उनले घटनास्थलमा प्रहरी र नेपाली सेनाकाे टाेलीले उद्धार गरिरहेकाे जानकारी दिइन् ।

घाइतेहरुलाई उद्दार गरि धुलिखेल अस्पताल र शीर मेमाेरियल अस्पतालमा पठाइएको बेथानचाेक गाँउपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

Related posts

काठमाडौंमा पानीपुरी र चटपटेको बिक्रीमा रोक लगाउने तयारी

MadhesKhabar

धादिङको थाक्रेमा घरमा आगलागी हुदाँ जलेर वृद्ध दम्पतीको मृत्यु

MadhesKhabar

डेल कम्पनिको नक्कली २५९ थान कम्युटरसहित दुई व्यपारी पक्राउ

MadhesKhabar

Leave a Comment