काठमाडौं,६जेष्ठःकाठमाडौंमा नक्कली लेवलिङ गरेर कम्प्युटर बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्मा घर भएका २२ वर्षीय तुसार अग्रवाल र काठमाडौंको न्युरोडमा पसल सञ्चालन गर्ने उमेश मुडभरी रहेका छन् ।
सादा मनिटरमा उनीहरुले डेल कम्पनीको लोगो टाँसेर बेच्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी बरिष्ठ उपरीक्षक बसन्त रजौरेले बताए । काठमाडौं महानगरपालिका–२२ स्थित भोटेबहालमा अग्रवालले सञ्चालन गरेको गोदामबाट २५३ थान र न्युरोडस्थित मुडभरीको पसलबाट ६ थान मनिटर प्रहरीले बरामद गरेको छ ।साभार :रातोपाटीबाट

