वीरगन्ज,२१माघ:पर्साकाे निर्वाचन क्षेत्र नंबर २ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नंबर ३ को प्रगतिनगर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बुधबार बिहान घरदैलो कार्यक्रम गरेको छ।
मतदाताहरुकाे घरदैलाे घुम्ने क्रममा रास्वपा उम्मेदवार सुशील साह कानुलाई स्थानीय युवाहरुले समर्थन जनाउँदै परम्परागत राजनीतिक अभ्यासप्रति असन्तुष्टि व्यक्त गरे।उनिहरसले परिवर्तनका लागि नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दल आवश्यक रहेको धारणा राखे।
“अब पुरानै शैली र अनुहारले देश बदलिँदैन,” भन्ने नारासमेत लगाएका युवाहरूले राजनीतिको केन्द्रमा सुशासन, जवाफदेहिता र पारदर्शितालाई राख्नुपर्नेमा जोड दिएका थिए।
मतदाताहरुसंगकाे संवादमा रास्वपा उम्मेदवार कानुले विगतमा पटक–पटक समाज र नागरिकको विश्वासमाथि भएको खेलवाडप्रति आलोचना गर्दै यसपटकको मतदानले त्यसको जवाफ दिने विश्वास व्यक्त गरे। उनले मताधिकारको सही प्रयोगमार्फत राजनीतिक संस्कृतिमा परिवर्तन सम्भव हुने बताए।

