Madhes Khabar
Uncategorized

पर्साको हरिहरपुरमा आगलागी हुदाँ पाँच घर जलेर खरानी

वीरगन्ज,१२बैशाखः पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ३ हरिहरपुरमा बुधबार दिउँसो आगलागी हुदाँ पाँच वटा घर जलेर नष्ट भएका छन् ।

बुधबार दिउँसो स्थानीय योगेन्द्र साहको घरबाट सुरु भएको आलागी छिमेकका भरत साह कानु, हरिन्द्र साह कानु, लक्ष्मी साह कानु र सेठ साह कानुको घरमापनि सल्किएको थियो । आगलागीबाट पाँचै जनाको घर र घरभित्र रहेका सरसामान जलेर नष्ट भएको स्थानीय राजनकुमार बानियाले जानकारी दिए ।

आगलागीबाट पाँच वटा घर जलेर नष्ट भएपनि मानवीय क्षति भने नभएको ईलाका प्रहरी कार्यालय लंगडीका प्रहरी नायब निरीक्षक तेजेन्द्र बिसीले जानकारी दिए ।आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको उनले बताए । आलागीबाट भएको धनमालको क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

हरिहरपुरमा भएको आलागी पोखरियाबाट गएको वारुण यन्त्रको सहयोगमा प्रहरी र स्थानीयबासी मिलेर निभाएको जानकारीपनि उनले दिए । यसअघि गत चैत २७ गतेपनि धोबिनी गाँउपालिका वडा नम्बर ३ मै पर्ने गुलरीया गाँउमापनि आगलागी हुदाँ चार वटा फुसको घर जलेर नष्ट भएको थियो ।

 

Related posts

नेपाल ६० रनमै अलआउट,आयरल्यान्ड ११४ रनले विजयी

MadhesKhabar

राप्रपा उम्मेदवार नरेश साह भन्छन् : हिन्दु राष्ट्र र राजतन्त्रका लागि राप्रपालाई भोट दिनु होला

MadhesKhabar

खडेरी पिडित मधेसका किसानलाई राहत दिन मन्त्री क्षेत्रीको अग्रसरता:ट्युबवेलका लागि आवेदन माग

MadhesKhabar

Leave a Comment