Madhes Khabar
Uncategorized

खडेरी पिडित मधेसका किसानलाई राहत दिन मन्त्री क्षेत्रीको अग्रसरता:ट्युबवेलका लागि आवेदन माग

वीरगन्ज,१३ साउनःखडेरीले मारमा परेका मधेस प्रदेशका किसानलाई राहत दिने उदेश्यले मधेस प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले खेतमा सिचाइँको लागि स्यालो ट्युबवेल जडानका लागि प्रकृया सुरु गरेको छ ।

भूमी व्यवस्था कृषि तथा सहकारी जनार्दन सिंह क्षेत्रको अग्रसरतामा मन्त्रालयले प्रदेशका आठ वटै जिल्लामा किसानको खेतमा स्यालो ट्युवबेल जडानका लागि काम थालेको हो ।

मधेस प्रदेशमा लामोसमयदेखि खडेरी परेपछि सिचाइँको अभावमा आधा भन्दा बढी खेतमा धान रोपाइ हुन सकेको छैन भने रोपाइँ भएका धानका बेर्नापनि खडेरीका कारण सुक्न थालेका छन् । जसका कारण किसानहरु मर्कामा परेका छन् ।

यस्तो अवस्थामा किसानलाई तत्काल राहत पुर्याउने उदेश्यले कृषि मन्त्री क्षेत्रीले खेतमा स्यालो ट्युबवेल जडान गरि किसानलाई राहत दिन मातहतका निकायलाई निर्देशन दिएका छन् । जस अनुसार ८ वटै जिल्लाका कृषि ज्ञान केन्द्रले सूचना प्रकाशीत गरी स्यालो ट्युबवेलको लागि आवेदन दिन किसानलाई आह्वान गरेका छन् ।

मन्त्री क्षेत्रीको निर्देशनमा पर्सा,बारा,रौतहटसहित प्रदेशका आठ वटै जिल्लाका कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेलका लागि आवेदन दिन सुचना निकाली सकेका छन् ।

मन्त्री क्षेत्रीले किसानहरुबाट धमाधम आवेदन प्राप्त भइरहेको र सबै प्रकृया पुरा गरेर अबको बढीमा १० दिनभित्र किसानका खेतमा स्यालो टयुबवेल जडानको काम सुरु हुने बताए ।

लामो समयदेखि वर्षा नहुदाँ खडेरी परेर धान रोपाई हुन नसकेको ,रोपिएको धान पनि सुक्न थालेको भन्दै मन्त्री मन्त्री क्षेत्रीले त्यसकारण तत्काल देखिएको समस्या समाधानको लागि मन्त्रालयले किसानका खेतमा स्याले ट्युबवेल जडानका लागि काम थालेको बताए ।

उनका अनुसार, स्यालो ट्युबवेलका लागि चालु आर्थिक वर्षमा विनियोजन गरिएको ६ करोड ५५ लाख र बालि प्रर्बधनसहितको शीर्षककोे ११ करोड गरि १७ करोड ५५ लाख रुपैयाँ स्यालो ट्युबवेलमै खर्च गर्ने निर्णय भएको मन्त्री क्षेत्रीले बताए ।

अहिले संकटका बेला मन्त्रालयको नियमित बजेटबाटै स्यालो ट्युबवेल जडानको काम थालिएको भन्दै मन्त्री क्षेत्रीले भने,‘ प्रदेश सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेकोले किसानलाई थप राहतको लागि मुख्यमन्त्रीसंग छलफल गरि थप बजेट माग गर्छौ ।’ उनले गत आर्थिक वर्षमा आफ्नो मन्त्रालयबाट २ हजार भन्दा बढी स्यालो ट्युबवेल किसानलाई वित्तरण गरिएको जानकारी पनि दिए ।

 

Related posts

1win Promotional Code 2023: Exactly How To Use And Get Bonus?

MadhesKhabar

वीरगन्जमा जारी टी–२० क्रिकेट : एपिएफमाथि पुलिसको फराकिलो जीत

MadhesKhabar

मस्जिद तोडफोड विरोधमा वीरगन्जमा गरिएकोे प्रदर्शनका क्रममा प्रहरी बिटमा तोडफोड

MadhesKhabar

Leave a Comment